बुटवल-रूपन्देहीका १ सहित प्रदेश ५ मा आइतबार थप ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रूपन्देहीका १ र बर्दियाका १० जना गरि जम्मा ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हो।
प्रदेश ५ मा हालसम्म ३ हजार ९ सय ७३ जना काेराेना भाइरस संक्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ।
हाल प्रदेशभर ३ सय ९६ जना काेराेना भाइरस संक्रमित उपचाररत रहेका छन् भने १ हजार ४ सय २२ जना क्वारेन्टाइनमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाँकेमा पाँचजनामा संक्रमण
आइतबार बाँकेमा अदालतका पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अदालत बाँकेका पाँच जनामा आइतबार कोरोना पुष्टि भएको हो। त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ।
अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको छ। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको हो।
समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएकाे छ।
बुटवलमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि