रुपन्देही । नवलपरासी पूर्वको दाउन्नेमा कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको बस पल्टिएर आगलागी हुँदा ३६ जना यात्रु घाइते भएका छन् ।
ना ५ ख ५१०० नम्बरको बस आज बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिँदा भएको आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुमध्ये २१ जनाको पुरानो मेडिकल कलेज, २ जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य १३ यात्रु उपचारपछि घर फर्किएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरु अधिकांश कञ्चनपुर र कैलाली जिल्लाका छन् ।