रुपन्देही । सैनामैनामा घाँस काट्न जङ्गल गएकी एक युवतीलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई सालझण्डी प्रहरीले पक्राउ गरेको छ ।
साउन १० गते दिउँसो १२ः३० बजेको समयमा सैनामैनाकी १९ वर्षीया युवतीलाई जर्बजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा सैनामैना —५ मलमलाटोलका ४८ वर्षीय निलमणि दमाईलाई पक्राउ गरिएको सालझण्डी प्रहरीले आज सूचना जारी गरी जानकारी गराएको छ ।
प्र्रहरी निरीक्षक जगन्नाथ मरासिनीकाअनुसार छिमेकी दिदीसँग घाँसदाउरा गर्न युवती जङ्गल गएपनि जरुरी कामले दिदी घर फर्किएपछि बारुलाले टोकेका समयमा होहल्ला गर्दा आवाज सुनेर गएका निलमणिले सहयोग गर्ने बहाना वनाई जवरजस्ती करणीको प्रयास गरेका थिए । तर, किशोरी भागेर घर गई ससुरालाई घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई जानकारी गराएका थिए ।
तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक मरासिनीसहितको प्रहरी टोलीले घटनामा संलग्न निलमणिलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान प्रहरी निरीक्षक मरासिनीले बताउनुभयो ।