रुपन्देही । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि सडकमा रोकिएका सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गए राति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको थियो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो । ।