कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विक को मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो ।
बुधबार बिहान करिब ९ बजेर १० मिनेटमा नगरपालिकाको वडा नम्बर २ मेचकुरीबाट लखन चोक जाँदै गरेको लु ६४ प ५७६२ नम्बर रुखमा ठोकिएको थियो । गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैजना प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुराइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।