रुपन्देही । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराती करीब ११ बजेको समयमा गाली चल्दा सिद्धार्थनगर नगरपालिका –१ वेलहिया बस्ने ३१ वर्षीय बिकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । रुपन्देहीको ओमसतिया –४ बसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो ।
प्रहरीकअनुसार रोहिणी गाँउपालिका— १ बाइपास रोडमा रहेको सिद्धार्थ रेष्टुरेण्टमा एक समुहले नगर गरगहना लुटेर भाग्नेक्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडी गुरुङसँग जम्काभेट भएपछि गोलि प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ । सो रेष्टुरेण्टमा काण्न्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ ।
प्रहरीले रेष्टुरेण्ट सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।