रुपन्देही । अग्रज पत्रकार बसन्त पोखरेलको आज बिहान निधन भएको छ । लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको ६८ वर्षको उमेरमा बुटवल १३ बेलबासस्थित आफ्नै निवासमा निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनुभयो ।
पोखरेल बुटवलबाट प्रकाशित राष्ट्रिय दैनिक बुटवल टूडेमा स्थापना कालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहनुभएको थियो । पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।
पोखरेलको आज बुटवलस्थित मैनाबगर घाटमा दाहसंस्कार गरिने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।