रुपन्देही । बुटवल उपमहानगरपालिका –१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको बिहान ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।