रुपन्देही । काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रा अन्तर्गतको घिन्ताङ घिसिङ जात्रा बुटवलमा प्रदर्शन गरिएको छ । यसअघि काठमाडों उपत्यकामा मात्र सिमित रहेको घिन्ताङ घिसीङ जात्रा पहिलो पटक आज बुटवलमा प्रदर्शन गरिएको हो ।
विश्वहिन्दु महासंघको भवनबाट सगुन लिएर पुरानो बटौलीको गणेश मन्दिर पुगेको घिन्ताङ घिसी टोलि गणश मन्दिरबाट नेवारी परम्पराका बिभिन्न नाच प्रदर्शन गर्दै नगर परिक्रमा गरेको थियो । नेवारी परम्पराको बिभिन्न बजागाजा सहित घिन्ताङ घिसी नाच गणेशथान, दुर्गा मन्दिर गोलपार्क, जितगढी कालिका मन्दिर हुँदै अमरपथबाट पुनः गणश मन्रि पुगेर समापन गरिएको थियो ।
भक्तपुरबाट आएको कलाकार टोलिले माको प्याखँ (बाँदर नाच), लुसी प्याखँ (मुसल नाच) तथा घ्यान्ताङ घिसी प्याखँ (लट्ठी जुधाएर नाचिने नाच) प्रदर्शन गरिएको नेपाल भाषा साहित्य तः मुज्या उपत्यका संयोजक राजबीर डंगोलले बताउनुभयो । सँस्कृति आदान प्रदान र नेवाः संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यका साथ घिन्ताङ घिसी नाच लिएर बुटवल आएको उहाँको भनाइ छ ।
घिन्ताङ घिसी नाच पृथक, मनोरञ्जनात्मक एवम् व्यङ्ग्यात्मक हुने गर्छ । ‘गिनित्वाङ, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको चर्चा पनि यस अवसरमा बढी हुने गर्छ ।
नेवार समुदायमा सातदिनसम्म घिन्ताङ घिसी नाच, माक प्याखं (बाँदर नाच), लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गरिन्छ ।