रुपन्देही । जिल्लाको बेलहिया बाईपास सडकमा चोरी गर्ने तथा एक युवकमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार गत साउन २९ गते रोहिणी गाउँपालिका –१ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गर्ने रुपन्देहीका दुई युवकलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका –७ महुवारी बस्ने ३२ बर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका–४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु)रहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
लुटपाटपछि स्थानीय बिकास गुरुङमाथि गोली प्रहार गर्ने कृष्ण भुज भने अझै फरार रहेका छन् । लुटपाट गरेको थाहा पाएकाले रोक्न खोज्दा उनीहरुले गुरुङमाथि गोली प्रहार गरेका थिए । प्रहरीले पक्राउ परेका भरबाट पेस्तोल तथा मोबाइल फोन समेत बरामद भएको जनाएको छ ।