रुपन्देही । बिहीबार दिउँसोदेखी अवरुद्ध भएको बुटवल – पाल्पा सडक सञ्चालनमा आएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो।
अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।