रुपन्देही । बुटवल उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका सबै सामग्री हटाउन आग्रह गरेको छ ।
उपमहानगरपालिकाले आज सूचनामार्फत सडकको क्षेत्राधिकार, सडक पेटी चोक, चौराहमा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार , निर्माण सामग्री, सवारी पार्किङ, वर्कशप लगायतका सामानहरु हटाउन आग्रह गरेको हो ।
बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्क देखि योगीकुटी, रामनगर देखि तामनगर सम्म र भित्री सडकहरु समेतमा रहेका सामग्री तीन दिनभित्रै हटाउन कार्यालयले अनुरोध गरेको छ ।