रुपन्देही । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरु गएराति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए ।
सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । “परिवारमार्फत बालकहरु सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरु आएपछि नै उनीहरु किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ ”, प्रमुख केसीले भन्नुभयो ।