भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान हुने भएको छ । पालिकाको सुरक्षाका लागि विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गर्न लागिएको अध्यक्ष विद्याप्रसाद यादवले बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष बीरबहादुर क्षेत्रीले सीमा क्षेत्रसँग जोडिएको रोहिणी गाउँपालिकामा सुरक्षाको दृष्टिकोणले सीसीटिभी क्यामेरा आवश्यक भएको बताउनुभयो ।
सीसीटिभी क्यामेरा जडान गर्न गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, प्रवक्ता बीर बहादुर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँ, वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, वडा सचिव राजकुमार मिश्र, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले बुधबार सीसीटिभी क्यामेरा जडान गर्ने क्षेत्रहरुको अनुगमन तथा अवलोकन गरेको छ