रुपन्देही । रुपन्देहीको ओमसतिया– ४ पननीमा कारको ठक्करबाट ३५ दिने शिुशु सहित तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारको ठक्करबाट पैदल यात्रीहरु १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र उनीहरुको साथमा रहेको शिशुको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
छठ मनाउन घाट जाने क्रममा स्थानीयलाई बिहान करिब पौने ६ बजे ठक्कर दिएर गाडी सहित चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनामा शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षिय मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।