कञ्चन । रूपन्देहीको कञ्चनगाउँपालिका वडा नं. ३ स्थित हरैया बसपार्कलाई व्यवस्थित बनाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले जारी गरेको प्रतिबद्धता पत्रमा हरैया बसपार्कको स्तरोन्नती गर्ने विषयलाई समेटिएको छ ।
बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्नव्यवस्थितबनाइने एमालेको तर्फबाट क्षेत्र नं. ५ (क) बाट प्रदेशसभा सदस्यपदका उम्मेदवार भूमिश्वर ढकालले बताउनुभयो । बसपार्क निर्माणले यस क्षेत्रको विकासमा टेवापुग्ने उहाँको भनाइ छ । ‘बसपार्कले शहरीकरण हुँदै गरेको यस क्षेत्रको विकासमा टेवापुर्याउने छ । यातायातका साधनको व्यवस्थापन हुने छ ।’ उहाँले भन्नुभयो ।
हरैयाबाट नियमित रुपमा बुटवल, भैरहवा, लुम्बिनी, पोखरा, काठमाडौ लगायत मुख्य शहरहरूमा बस सञ्चालनमा छन् । यस क्षेत्रलाई व्यवस्थिततथा योजनावद्ध रूपमा विकास गर्न विस्तृत सडक गुरूयोजना समेत तयार गरिने एमाले ढकालको भनाइ छ ।
कञ्चन गाउँपालिकाका पूर्वअध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफ्नो कार्यकालमा सामान्य पूर्वाधार निर्माण गरी बसपार्क सञ्चालन गरिएको बताउँदै बसपार्कलाई आधुनिक बनाइनुपर्ने र त्यो काम एमालेबाट मात्र सम्भव रहेको बताउनुभयो । बसपार्कको डिपिआर तयार भइसकेको र छिट्टै काम शुरु हुने उहाँको भनाइ छ ।
आसन्न निर्वाचनमा एमालेले राजपा र राप्रपासँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा बासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।