बुटवल । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर) को निधन भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका -२ जानकीनगर स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकलमा सवार कंडेलको निधन भएको हो ।
रुपन्देही सैनामैना नगरपालिका -१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।