बुटवल । पुष्प ब्यवसायको उत्पादन, बजारीकरणमार्फत आर्थिक विकास गर्ने लक्ष्यसहित स्थापना भएको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल रुपन्देही शाखाको पहिलो साधारण सभा तथा अधिवेशनबाट किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत समिति गठन भएको छ।
जसको उपाध्यक्ष नबिना क्षेत्री, सचिव राजेशकुँवर, कोषाध्यक्ष विजय प्रधान, सदस्यहरु सुनिता रेग्मी, धना खत्री, रबि जयसवाल, मुक्ति न्यौपाने, मिना पाण्डे रहेका रहनुभएको छ ।
हकअधिकार प्राप्तिमा संगठनको महत्व रहेको भन्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लामा छरिएर रहेका पुष्प कृषक, ब्यवसायलाई एकताबद्ध गर्ने बताउनुभयो । जिल्लामा हाल ३५ बढि पुष्प किसान तथा ब्यवसायीहरु आवद्ध छन।