बुटवल । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुटवलमा र्याली निकालीएको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित विभिन्न संघसस्थाले आज बुटवलमा र्याली निकालेका हुन् ।
ओरेक नेपाल, सेतो गुराँस, कदम नेपाल, सञ्चारिका समूह रुपन्देही, इन्सेक, राष्ट्रिय अपांग महासंघ, किशोरी अधिकार मञ्च, नेपाल प्रहरी, महिला मानव अधिकार रक्षक सञ्जाल, रेडियो मुक्ति, रेडियो लुम्बिनी, महिलाका निमित् महिला मञ्च लगायतका संघ सस्थाहरुको आयोजनामा बुटवलको आदर्शनगरबाट शुरु भएको र्याली नगरका विभिन्न भागको परिक्रमा पश्चात मुख्यमन्त्री कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।






तस्बिर: निरा गौतम