पाल्पा । पाल्पामा दुई जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । बगनासकाली–३ मा पहिचान नखुलेको पुरुषको र रिब्दीकोट–१, मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बगनासकाली–३ पाखण्डीमा स्थानीय बासिन्दा सर्वजित थापाको बारीमा पहिचान नभएको पुरुषको शव फेला परेको हो । उक्त शव सडे गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
यस्तै रिब्दीकोट–१ सातमुरेस्थित रिडी खोलामा सोही स्थानकी ४९ वर्षीया तिला कुमारी कुमालको बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । रिडी खोलाको बिच भागमा पानीमा डुबेको अवस्थामा कुमालको शव फेला परेको प्रहरीले जनाएको छ ।