बुटवल । रुपन्देहीमा टिपरको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा आज रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशब केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गभ्मीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।