सुर्खेत । पश्चिम जाजरकोटको छेडागाडमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
दशेराको जेवाबाट लेवा जाँदै गरेको कर्णाली प्रदेश ०२–००१च०४२९ नम्बरको बलेरो जीप आज छेडागाड नगरपालिका–४, भीरबाटी भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, जाजरकोटकै छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो भने २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छेडागाड नगरपालिका–२ का जयनाथ अधिकारी गम्भीर घाइते भएका छन् । दैलेखबाट जाजरकोट गएको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।