धनुषा । धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ। जयनगरबाट-जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको हो।