बुटवल । तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो र शीतलहरका कारण जनजिवन प्रभावित भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
चिसो बढेसँगै शीतलहरले तराई भेगमा अन्यत्रभन्दा ५ डिग्री सेल्सियस अधिकतम र न्यूनतम तापक्रममा एकै पटक गिरावट आएको छ। भैरहवा, सिमरा, जनकपुर, सुनसरी, बाँकेलगायतका तराई क्षेत्रमा शीतलहरको चाप बढ्ने भएकाले जिउधनको रक्षा गर्न सरकारसँग महाशाखाले अपिल गरेको छ।