बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । गएराती करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित वडा नं ३त्रिलोकपुरमा गोलि चलेपनि मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउन हवाइ फायर गरिएको प्रहरीको अनुमान छ ।
सो क्षेत्रबाट गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको लागी ऐ।बस्ने बर्ष १८ वर्षीय दिलिप यादव, २१ वर्षीय बिजय भर र भारतको महाराजगंज निवासी २५ वर्षीय श्रीप्रसाद यादवलाई नियत्रणमा लिइएको प्रहरीले जनाएको छ ।