पाल्पा । पाल्पामा चितुवाको छालासहित एकजना पक्राउ परेका छन् । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २ दिगबाट स्थानीय ३८ वर्षका सोमान सिंह खत्री पक्राउ परेका हुन् ।
उनलाई चितुवाको छालासहित ईलाका प्रहरी मुझुङका प्रमुख सोम बहादुर सारुसहितको प्रहरी टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।
सोमबार बेलुका पक्राउ गरेपछि हाल उनलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय पाल्पालाई बुझाएको मुझङु प्रहरी प्रमुख दर्लामीले बताउनुभयो ।
चितुवाले घरको बाख्रा खाएको भन्दै बिषादी प्रयोग गरेर चितुवालाई मारेर छाला काढेको भन्ने सुराकीका आधारमा प्रहरीको टोलीले खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।