बुटवल-रुपन्देहीमा आफ्ना २ बच्चासहित हाम फालेकी महिला र बच्चाको जीवितै उद्धार गरिएको छ।
सिद्धार्थनगर नगरपालिका–८ बसडिलियामा बस्दै आएकी प्यूठान स्वर्गद्वारी नगरपालिका–४ की २२ वर्षीया पवित्रा सुनारले सिद्धार्थनगरस्थित डण्डा खोलामा ६ वर्षकी छोरी रोजिना सुनार र ३ वर्षका छोरा रोशन सुनारलाई सलले कम्मरमा बाँधेर हाम फालेकी थिइन्।
उनीहरुलाई तत्कालै प्रहरी र स्थानीयले उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खड्काले जानकारी दिए। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। खोलामा हाम फाल्नुको कारण भने खुलेको छैन। प्रहरीले उनको अवस्थामा पूर्ण सुधार आएपछि जानकारी लिने बताएको छ।