बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालले समुदायस्तरमा गरेको परीक्षणका क्रममा ४ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत बुधबार अस्पतालले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, दलका स्थानीय नेता, व्यवसायी, सर्वसाधारण र फिभर क्लिनिकमा आएका गरी २ सय ३८ जनाको स्वाब संकलन गरेको थियो।
त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी, बुटवल १३ का नेकपाका स्थानीय नेता, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान् र भैरहवाका एकजना व्यक्ति हुन्।
महिला स्वास्थ्यकर्मी गरिमा विकास बैंक देवदह शाखामा कार्यरत कर्मचारीको घरमा बस्दै आएकी थिइन्। बैंककी ती कर्मचारीलाई केहीदिन अघि संक्रमण पुष्टि भएको थियो।
भैरहवाका व्यक्ति फिभर क्लिनिकमा आएका थिए। उनी स्वाब दिएर गएपछि सम्पर्क हुन नसकेको डा गौतमले बताए। बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।