बुटवल । महाशिबरात्री पर्बको अवसरमा तिनाउ ३ पाल्पामा अवस्थित सिद्धबाबा मन्दिरमा बिशेष शिवपूजन हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि शिबरात्रीको अवसरमा बिशेष पूजा अर्चनाको आयोजना गरिएको सिद्धबाबा मन्दिर विकास समितिले जानकारी दिएको छ ।
मन्दिर बिकास विकास समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले महाशिबरात्री पर्बमा शिबपुजन,अखण्ड हरि कृतन ,रुद्राभिसेक पुजा र बिशेष पाठ गरिने जानकारी दिनुभयो । महाशिबरात्री पर्बमा सिद्धबाबा मन्दिरको अवलोकन गरि पुण्य कमाउन शेरचनले सबै श्रद्धालु भक्तजनहरुलाई अनुरोध गर्नुभयो । यसपटक फागुन ६ गते शनिबार महाशिबरात्री परेकाले भक्तजनको संख्या बढ्न सक्ने आकलन गरिएकोले भक्तजनहरुलाई छिटो छरितो रुपमा पूजा अर्चना गराउने गरी तयारी गरिरहेका छौ, शेरचनले भन्नुभयो ।
शिबरात्री पर्ब मनाउन पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागी सि सि क्यामेराको निगरानी,स्वास्थ शिबिर, सिद्धबाबा मन्दिर दर्शन गर्न जान चाहाने भक्तजनहरुका लागि नियमित रुपमा सञ्चालन हुदै आएको बुटवलको योगिकुटीबाट सिद्धबाबा मन्दिर सम्म मन्दिर समितिकै बस बिहान ५ बजे देखि संचालन हुने कार्यसमिति सदस्य तथा शिबरात्री पर्बका संयोजक तोया लम्सालले बताउनुभयो ।शिबरात्रीका दिन रुपन्देहीका बिभिन्न पालिका र तिनाउ गाउपालिका गरि ७ ओटा बस दिनभरी ओहोर दोहोर गर्ने लम्सालले बताउनुभयो ।
गतबर्षको शिबरात्रीमा ३० हजार भक्तजनले दर्शन गरेको बताउदै, यो बर्ष शनिबार परेकाले पनि करिब ६० हजार भक्तजन भित्रर्याउने गरि तयारी गरिएको समितिका उपाध्यक्ष अमर सिं प्रधानले बताउनुभयो । पुजा सम्पन्न गर्न स्वयंसेवकको रुपमा बिभिन्न सात वटा संघसस्थासंग समन्वय गरिएको छ । भक्तजनको चाप अनुसार आवश्यकता अनुसार स्वयंसेवक खटिने र ब्यवस्थित गर्नेगरि तयारी गरिएको समितिले जनाएको छ ।
रुपन्देही आसपासमा रहेका भजन मण्डलीबाट भजन किर्तन र सोही रात जाग्राम सहितका बिशेष पूजाआजाको तयारी गरिएको सचिव अरबिन्द पाण्डेयले बताउनुभयो । शिबरात्रीपर्बमा पूजा सम्पन्न गर्न ३ लाख २ हजार खर्च अनुमान गरिएको छ ।
मन्दिरमा नेपालका करिब ७० जील्ला र भारतको गोरखपुरबाट ३० प्रतिशत सम्म भक्तजन आउने गरेकाछन् । रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको लुम्बिनी प्रदेशकै पशुपतिनाथका रुपमा परिचत सिद्धबाबा मन्दिरमा शिबरात्री पर्व, शनिबार,सोमबारमा बिशेष भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।
सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेकै कारण यस मन्दिरको नाम सिद्धबाबा रहन गएको धार्मिक विश्वास किंवदन्ति छ ।
पर्यटकीय केन्द्रको रुपमा परिचत शिवजीको मन्दिरको रुपमा परिचित भएपनि यहाँ विभिन्न १० देवताका पूजाआजा हुने गर्दछन् । भक्तजनले मागेको वर प्राप्त भई मनोकामना सिद्धि हुने भएको हुँदा यस मन्दिरमा भक्तजनको घूइँचो लाग्ने गर्दछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले शिबरात्री बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । महाशिवरात्री पर्ब आराध्यदेव भगवान शिवको शिवको पूजा–आराधना गरी फागुन ६ गते देशैभर मनाइँदैछ ।