बुुटवल- नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह श्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। अख्यितार दुुरुपयोग अनुुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाडौंको टोलीले साहले सोमबार बिहान धादिङबाट १० लाख ५५ हजार स्रोत नखुुलेको रकम सहित नियन्त्रणमा लिएको हो । खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस र रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले इन्जिनियर साहलाई नियन्त्रणमा लिइएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनी संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं.८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा निज सँग रहेको श्रोत नखुलेको नगद रकम २ लाख ३३ हजार ५ सय र बैंकमा जम्मा गरेको बैंक भौचर ८ लाख २२ बराबरको रकमसहित पक्राउ परेका हुुन ।