बुटवल । साहित्यकार कृष्णप्रसाद भट्टराईबाट रचिएको “जीवन एक यात्रा अनेक”को विमोचन कार्यक्रम सम्पन्न भयो । कृतिको विमोचन प्रमुख अतिथि कृष्णप्रसाद कोइराला,सँस्कृतिविद राजेन्द्र आचार्य, पुनाराम पोखरेल, उत्तरकुमार पराजुली, डा. बालकृष्ण चापागाईँ, प्राध्यापक गोपाल पन्थी,पुरुषोत्तम पाण्डे लगायतले सामुहिक विमोचन गर्नु भएको थियो ।
सो अवसरमा कृति प्रकाशनको प्राविधिक तथा कलात्मक विषयमा बोल्दै राजेन्द्रकुमार आचार्य र उत्तर कुमार पराजुलीले कृति उत्कृष्ट रहेको भन्दै प्रशंशा गर्नुभएको थियो ।
सो अवसरमा पाणिनि साहित्य कला सँस्कृति प्रतिष्ठानको गठन गरिएको छ । प्राध्यापक पुनाराम गिरीको संयोजकत्वमा साहित्य विभाग प्रमुख प्राध्यापक गोपाल पन्थी, कला विभाग प्रमुख बेनु थापा र सँस्कृति विभाग प्रमुख सीता आचार्य रहनु भएको छ ।
सदस्यहरुमा वसन्ता गैरे,गीता बन्जाडे,शोेभाखर पौडेल,विजयराज बस्याल, माया ओली रहनु भएको छ ।
त्यस्तै विभागीय संरक्षकमा साहित्य विभागमा कृष्णप्रसाद भट्टराई, कला विभागमा चिरन बराल र सँस्कृति विभागमा राजेन्द्रकुमार आचार्य रहनु भएको छ ।
सल्लाहकारहरुमा नारायण शास्त्री, कुलचन्द्र मरासिनी, ललितकुमार आचार्य,घनश्याम गौतम,कुल विक्रम खनाल रहनु भएको छ ।
कार्यक्रममा “विदेशको अनुभव स्वदेशको लागि”भन्ने विषयमा डि.आर. घिमिरे, चिरन बरालले अष्ट्रेलियाको राजनीतिक, आर्थिक, साँस्कृतिक विषयमा अनुभव साटासाट गर्नुभएको थियो ।
कार्यक्रमा डा. बालकृष्ण चापागाईँ, गणेश घिमिरे, कृष्ण कुँवर, शोभाखर पोखरेल, लालबहादुर गुरुङ, पुनाराम पोखरेल,विजयराज बस्याल, यज्ञलाल सुवेदी,नारायण शास्त्रीले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा मधुकला कुँवर,रुद्र आचार्य, कमल खनाल, विष्णु शर्मा,मुकुन्द उप्रेती, अनन्त अधिकारी, दीपक पन्थी, खुमानन्द पौडेल, वसन्ता गैरे,कमल भट्टराई, बाबुराम बन्जाडे,प्रितम पछाईँ,अरुण पन्थी,कृष्णा सुनार,मिथुन कुँवर, राजेन्द्र पाण्डे,गिरिराज पौडेल,जीवन भट्टराई, जीवन आचार्य, खिमानन्द बन्जाडे, मानबहादुर मल्लले बोलेका थिए । कार्यक्रम प्राध्यापक गोपाल पन्थीको समीक्षा ऋषि आजादको अध्यक्षता, पिताम्बर भण्डारीको स्वागत र यमप्रसाद गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।