खोटाङ । कृषिविज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेशनका सञ्चालक समेत रहनुभएको राईलाई बालयौन दूर्व्यवहारको आरोपमा पक्राउ गरेको हो ।
फाउन्डेसनकै आवासीय छात्राहरुलाई यौन दुर्व्यवहार गरेको कसुरमा शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फाउण्डेसनबाटै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङले बताउनुभयो । ७५ बर्षीय राईबिरुद्ध लिखित र मौखिक उजुरी आएको डिएसपी मुकारुङको भनाई छ । वैकल्पिक शिक्षाको नारासहित सञ्चालन भईरहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी रहेको उल्लेख छ ।