काठमाडौँ । नेपाली मुस्लिम धर्मावलम्वीहरु हज गर्नका लागि साउदी अरबको पवित्र तीर्थस्थल आजबाट मक्का मदिना जान सुरु गरेका छन् ।
नेपाल हज समिति काठमाडौँ सचिवालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबको मक्का मदिनाका लागि पहिलो चरणमा २ सय ६६ जना हजयात्री जान लागेका हुन् ।
साउदी अरबको मक्का मदिनामा नेपालबाट १ हजार १ सय २० जना हजयात्रीहरु हज गर्नका लागि मक्का मदिना जाने हज समितिको सचिवालयले कार्यतालिकामा उल्लेख गरिएको छ ।
कपिलवस्तुबाट १९१, कैलाली २, सुर्खेत १, बर्दिया ५, दाङ ३, अर्घाखाँची ८, नवलपरासी ९, पाल्पा १, स्याङ्जा ६, कास्की ५, गोरखा २३, चितवन २, तनहुँ ३, रुपन्देही ३ र नुवाकोट ४ गरी २ सय ६६ जना हजहात्री पहिलो चरणमा साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने कार्यतालिका रहेको सचिवालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।