रुपन्देही । महिलाको नीतिगत तहमा पहुँच पु¥याउन राजनीतिक दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगले आज बुटवलमा आयोजना गरेको महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउने सम्बन्धी राजनीतिक दलका प्रमुख वा प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीले दलभित्रबाटै महिला सहभागिता बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेले लैङ्गिक हिंसा निवारणका लागि महिलालाई आर्थिक, राजनीतिक र सामाजिक हिसाबले सशक्त बनाउनुपर्ने बताउनुभयो । “महिलाहरु आधा धर्तीका हकदार हौँ, अन्धविश्वास कुरितीका कारण हेपिएका छौँ तर अब सबै क्षेत्रमा समानता जरुरी छ”, उहाँले भन्नुभयो ।
संविधान सभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेले पार्टीका वडास्तरीय कमिटिदेखि पदाधिकारी तहसम्म महिलालाई स्थान दिएको बतााउनुभयो । पार्टीले महिलाहरुको नेतृत्व स्वीकार गर्दै देशकै सम्मानित पद राष्ट्रपति बनाएको उदाहरण दिँदै महिला सहभागितालाई अझै बढाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सामाजिक रुपान्तरण विना समाज समृद्ध नबन्ने जनाउँदै सबैले खाजेको अधिकार स्थापित गर्न राजनीतिक दलले नीति र कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले संविधान कार्यान्वयनमा सबै दलको प्रतिवद्धता हुनुपर्ने बताउनुभयो । ऐन कानुन राम्रा बने पनि कार्यान्वयनको पाटो कमजोर हुँदा नेतृत्व तहमा महिला सहभागिता कमजोर रहेको उहाँको भनाइ थियो । महिलालाई नीतिगत तहमा पु¥याउन राजनीतक दलले ठाउँ दिनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलले निर्वाचन क्षेत्र तोकेर महिलालाई उठाउनुपर्ने धारणा राख्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिलाहरुको अर्थपुर्ण प्रतिनिधित्व नै आजको आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले रुपन्देही जिल्लामै पनि भेगिय हिसावले फरक फरक समस्याहरु रहेको भन्दै घरेलु हिंसा, मानवबेचविखन , कार्यस्थलमा हुने लैंगिक हिंसा, लगायतका समस्या समाधानमा महिला आयोगले आफ्नो तर्फबाट पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
महिला आयोगको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै राष्ट्रिय महिला आयोगका योजना शाखा अधिकृत चन्द्रा थापाले महिला सशक्तीकरणका लागि महिलासँग सम्बन्धित नीतिगत कानुनी व्यवस्था तथा नेपाल सरकारका कार्यक्रमको समिक्षा गर्ने, लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्ने काम गर्दै आएको बताउनुभयो ।
नीतिगत तहमा महिलाको पहुँच स्थापित गर्न राजनीतिक सहभागिता सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी रिमा बिसीले राजनीतिक दल, संबैधानिक आयोग, निजामती सेवा, सुरक्षा निकाय, पत्रकारिता तथा सामाजिक संघ संस्थाको नेृत्व तहमा समेत महिलाको सहभागिता निकै कमजोर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला, माइती नेपालका रुपन्देही प्रमुख माया क्षेत्री, राष्ट्रि««य स्वतन्त्र पार्टीका बुटवल नगर अध्यक्ष राजन पाण्डे, राष्ट्रिय एकता अभियानका राधेश्याम गुप्ता, एमाले जिल्ला कमिटी सदस्य पुनम लिगल जैसवाल, समाजवादी पार्टीका नबिनकुमार सुनवार, नयाँ जिवनका लागी हातेमालोका प्रमुख मना पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता लक्ष्मी अधिकारी , सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतम लगायतले बोल्दै राजनीतिमा महिलाको पहुँच स्थापित गर्न पार्टीभित्रैबाट सहभागिता वृद्धि गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।