काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी अर्पण गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । सरकारले प्रधानमन्त्री पत्नी दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
आर्यघाटमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव कुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुकको बाक्लो उपस्थित रहेको थियो