बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।
दम बढेपछि उपचारका क्रममा उहाँको निधन भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । खनाल बिस २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
शालिन नेताका रुपमा परिचय बनाउनुभएका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापतिको जिम्मेवारी पनि निर्वाह गर्नुभयो । उहाँको आजै अन्तिम संस्कार गरिएको छ ।