रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० कि एक बालिकाको भिरबाट खसेर ज्यान गएको छ । सो वडाकी चुनगाउँकी बिमला खड्का रावतको १२ वर्षीया छोरी सिर्जना रावतको स्थानीय सेलाजुखोला जंगलमा रहेको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठका अनुसार सोमबार बिहान घाँस काट्न सेलाजुखोलास्थित जंगलमा बालिकाको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।