बुटवल । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले कार्यलय परिसर र कार्यलयमातहतमा रहेको जग्गामा डेढ सय बढी बिरुवा रोपेको छ ।
प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसर पारेर लुम्विनि प्रादेशिक कार्यालय बुटवलले कार्यालय परिसरमा फलफुल र जडिबुटी प्रजातिका आँप, अमला बेल अम्वा, लिची, तेजपात, सितलचिनि, हर्रो, बर्रो, कटहर र विभिन्न मौसमि फुलहरु गरी एकसय पचास भन्दा बढी बिरुवा रोपिएको नेपाल विधुत् प्राधिकरण लुम्विनि प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज वझाले जानाकारी दिनुभयो ।
प्राधिकरणले विरुवा रोपेर रचनात्मक कार्यको थालनि गरेको बताउदै प्राधिकरलाई विधुत सेवा वितरणका क्रममा रुख काट्नेमात्रै होईन रोप्ने कार्य गरीरहेको सन्देश दिन देशभर विरुवा रोपिएकोे प्रमुख वझाले बताउनुभयो ।
प्राधिकरणले लुम्विनि प्रदेशका १२ वटै जिल्लामा रहेका सवै जिल्ला वितरण केन्द्र र महसुल काउन्टर मा प्राधिकरणका कर्मचारी मार्फत हजारौ विरुवा रोपेको प्रमुख वझाले जानकारी दिनुभयो ।
बातावरण संरक्षण गर्ने दाइत्व हामि सवैको भएकाले सवै सरकारी कार्यालय हरुलाइ पनि बतावरण संरक्षण गर्ने सन्देश दिन जडिबुटि र फलफुलका बिरुवा रोपिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवललका प्रसाशन प्रमुख राम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा लुम्विनि प्रादेशिक कार्यालय बुटवलले प्रदेश स्तरीय खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।