प्रेस चौतारी नेपाल लुम्बिनीले संगठनका सदस्य तथा सक्रिय पत्रकार कृष्ण ज्ञवाली ‘अन्जान’ को हृदयघातका कारण भएको असामयिक निधनप्रति स्तब्ध भएको जनाएको छ ।
प्रेस चौतारी लुम्बिनी प्रदेशका महासचिव निरु गौतमले आज शोक विज्ञप्तिमार्फत ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
पत्रकार महासंघ गुल्मीका साधारण सदस्य तथा सेतोमसी अनलाइनका कार्यकारी सम्पादक समेत रहनुभएका ज्ञवालीको शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ५५ वर्षको उमेरमा निधन भएको हो ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं १ निवासी ज्ञवाली विगत लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ ।