सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा एक बालकले बेलुन खेलाउने क्रममा निल्दा मृत्यु भएको छ ।
खेल्नका लागि फुलाउने क्रममा फुलेर फुट्दा मुखभित्र बसेको र निल्न पुग्दा इनरुवा नगरपालिका २ का मनोज साहका तीन वर्षीय छोरा गोलु सुमन साहको मृत्यु भएको हो ।
उपचारका लागि अस्पताल लगिएकोमा बालकको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।