काठमाडौैं-नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ ।
आइतबार २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए । यसअघि शनिबार कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।
गत शुक्रबार थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । शुक्रबार मोरङ र सिरहाका १-१ जना पुरुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।