दाङ-प्यूठान जिल्लाको नौ बहिनी गाउपालिका वडा नम्बर ६ ढाँडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १३ वर्षीया सुगम घर्ती र १५ वर्षका सुरेश घर्ती रहेका छन्। एकै परिवारका दाजुभाई रहेका उनीहरुको घरमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोबिन्द केसीले बताए।
उनीहरुका बुबाआमा र अर्का दाई बिरामी परेका छन्। जंगली च्याउको पहिचान नगरी पकाएर खाएका उनीहरुका ३३ बर्षीय बुवा बिष्णु घर्ती, आमा ३० बर्षीया लिला घर्ती र दाई १७ बर्षीय शशी घर्ती बिरामी परेका छन्।
उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ। बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।