कपिलवस्तु–कपिलवस्तुमा हालसम्म ४५ जना सुरक्षाकर्मी संक्रमित भएका छन्। जसमध्ये नेपाल प्रहरीका ४३ र सशस्त्र प्रहरीका २ जना संक्रमित भएका हुन।
यो चैत्र ११ देखि सरकारले गरेको लकडाउनपछि हालसम्मको तथ्यांक हो। नेपाल प्रहरीका ४३ मध्ये ६ जना निको भई घर फर्किसकेका कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।
बाँकी ३७ जना सक्रिय संक्रमित छन्। यस्तै सशस्त्रका २ मध्ये एक जना निको भई काममा फर्किसकेको र एक जना सक्रिय संक्रमित हुन्।
संक्रमित सुरक्षाकर्मी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेशनमा र बाँकी प्रहरी तौलिहवास्थित महिला तथा बालबालिका कार्यालयको आइसोलेशनमा छन्।