भैरहवा–बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवा अहिले छाडा चौपायाका कारण अस्तव्यस्त बनेको छ।
वर्षौदेखि सिद्धार्थनगरको समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनतर्फ नगरपालिकाले दीर्घकालीन योजना नल्याउँदा समस्या झन्झन् बढ्दै गएको छ भने नगर कुरुप बन्दै गएको छ।
अव्यवस्थित छाडाचौपायाले नगरको सौन्दर्यीकरणमा प्रभाव पारेसँगै दुर्घटना पनि निम्त्याउने गरेको छ।
छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा पनि समस्या ल्याएको छ। कार्यालयले विभिन्न क्षेत्रसँग सहकार्य गरेर पटक पटक केही चौपायालाई नियन्त्रणमा लिई कान्जी हाउस पठाएपनि समस्याको समाधान भएको छैन।
नगरपालिकाको ध्यान जाओस भन्दै नागरिक समाजका अगुवा तथा भैरहवा मर्निङवाक समूह बिएमजीका सस्थापक अध्यक्ष विजयसागर श्रेष्ठले सामाजिक सञ्जालमा निरन्तर उपहार स्वरुप तस्विरहरु सार्वजनिक गर्ने गरेका छन्।
श्रेष्ठले अहिले सम्म सुन्दर शान्त हराभरा स्वच्छ सिद्धार्थनगर भैरहवा अभियान भन्दै सिद्धार्थनगर नगरपालिका भैरहवालाई सादर उपहार तस्विर संग्हहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले नगरभित्रका छाडा चौपाया व्यवस्थापन गर्न समस्या रहेको बताए। '३ वटा हात्ती पाल्न सजिलो छ, १० वटा गाई व्यवस्थापन गर्न गाह्रो छ मुख्य समस्या जमिन अभाव हो नगर क्षेत्रमा सार्वजनिक जग्गा पनि छैन जग्गा प्राप्तिका लागि काम भइरहेको छ'-उनले भने।
तस्वीरहरु : विजयसागर श्रेष्ठ