बुटवल-सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। पाल्पाको तानसेन ८ डुम्रे, सिद्धबाबा मन्दिर नजिक, रम्भा ३ जामुने स्थित पाल्पा-पोखरा सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ ले जनाएको छ।
यस्तै पाल्पाकै रिब्दिकोट ४ भैरवस्थान स्थित तानसेन-हार्थोक सडक खण्डमा, बगनासकाली ५ ठाटी, माथागाडी १ कारिकोट रामपुर-पाल्पा सडक खण्डमा पनि पहिरो खसेपछि ती सडक अवरुद्ध छन्।
यस्तै गुल्मी रेसुङ्गा ८ अर्खले स्थित तम्घास-सिमलटारी सडक खण्ड र सत्यवती ४ लहरेखोला स्थित रिडी-बुर्तिबाङ सडक खण्डमा पनि पहिरो खसेर ती सडक अवरुद्ध छन्।
यस्तै दाङ तुल्सीपुर उपमहानगरपालिका १३ दमारगाउँ स्थित तुल्सीपुर-नेपालगंज सडक खण्डमा सडक भासिएको छ। प्युठान सरुमारुनी अधेरी खोला स्थित प्युठान-भालुबाङ सडक खण्ड पनि पहिरो खसेपछि बन्द छ।
अर्घाखाँची सन्धिखर्क ६ दहखोलामा पहिरो खसेपछि गोरुसिंगे-सन्धिखर्क सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले सडक सुचारु गराउन समस्या भएको प्रहरीले जनाएको छ।