भैरहवा-शुक्रबार राती परेको वर्षाले रुपन्देहीको मर्चवार क्षेत्र डुबानमा परेको छ। मर्चवार जाने मुख्य मार्ग अवरुद्ध भएको छ। निरन्तर परेको पानीले मायादेवी ६ मकरी स्थिती मुख्य सडक जेसिभीले खनेर स्थानीयले पानीको निकास दिएका छन्।
पानीको निकास हुन नसकेपछि स्थानीयले जोखिमलाई मध्यनजर गर्दै सो सडक काटेर पानीको निकास गरेका छन्। मुख्य सडक नै काटेपछि मर्चवारको आवगमन ठप्प भएको छ। अति आवश्यक केहीले ज्यानलाई जोखिम राख्दै खेतको बाटो भएर ओहोरदोहोर गरेका छन्। बाढीले लाखौको तरकारीबालीमा क्षति पुर्याएपछि यस क्षेत्रका किसान समेत चिन्तित छन्।