बुटवल-रुपन्देहीमा एकैदिन १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार थपिएकासहित रुपन्देहीमा संक्रमितको संख्या ३२९८ पुगेको छ।
जसमध्ये ९१५ जना सक्रिय संक्रमित हुन्। बिहीबार संक्रमण पुष्टि हुनेमध्ये ८० जना पुरुष र ४८ जना महिला रहेका छन्। सबैभन्दा बढी बुटवलमा ७७, तिलोत्तमामा २३, सिद्धार्थनगरमा ६, देवदहमा ५, सियारीमा ७, सैनामैनामा ५, सुद्धोधनमा १, मायादेवीमा १, कोटहीमाईमा २, लुम्बिनीमा १ जनामा संक्रमण पुष्टि भएको छ।
रुपन्देहीमा बिहीबारसम्म २३५३ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ।