दाङ-रेडियो हाम्राे पहुँच तुलसीपुरमा कार्यरत सञ्चारकर्मी तुलसीपुर उपमहानगरपालिका-१९ बिजाैरी निवासी २२ बर्षिय मनिषा लामिछानेकाे मृत्युु भएको छ ।
स्कारपिओ गाडीकाे ठक्करबाट लामिछानेकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुरको गुल्म जाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।
मनिषाको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो । घाइते मनिषाका दाइको अहिले कोहलपुरमै उपचार भइरहेको छ ।
भाइटिका लगाएर रेडियोमा पुर्याउन जाने क्रममा दुर्घटना भएको जनाइएको छ । ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।