गुल्मी - गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना बेपत्ता छन् । गाडी चालक र सहचालक सकुसल भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।