गुल्मी-इस्मा गाउँपालिका ४ दोहली हुलका फर्सुराम थापाको सशस्त्र प्रहरीमा भर्ति भएर राष्ट्र सेवा गर्ने सपना थियो । त्यसैकारण उनले शुक्रबार बिहानै घर परिवारको आशिष र सपना बोकेर घर छोडेका हुन् । थापाले सशस्त्रको फाराम नवलपरासीबाट भरेका थिए ।
त्यसैलै त्यहीसम्मको यात्रामा घर नजिकैबाट गाडी चढे । थापा चढेको एक मिनेट नहुँदै दुर्घटनामा परे । गम्भिर घाइते उनले समयमै उपचार पाएनन् । गुल्मी अस्पताल तम्घास पुराउँदै गर्दा बाटोमा ज्यान गयो । ‘बिहान भर्ति हुन हिडेको छोरो बेलुका लास बनेर घाट आउनुपर्ने कस्तो बिडम्ना,’छिमेकी भोलासिंह थापाले भने,‘जीन्दगी दैवको खेला रहेछ ।’
कति दुखद ! आगनीको डिलमै ज्यान गुमाउनुपर्ने । अझै एकै घरका र एकै गाउँका ६ जनाले । शिव दर्लामी र धन बहादुर अछामी नेपाली सेनामा पाल्पा र चितवन कार्यरत थिए । दर्लामी हवलदार र अछामी लेस नायक हुन । ऊनीहरु दुबै जना तिहारका लागि घर आएर फर्किदै थिए ।
शिव, श्रीमति सरस्वति र भाई बसन्त संगै दुर्घटनामा परे । घर छोडेको २ मिनेट नहुदै गाडी दुर्घटना भयो । शिव र बसन्त दुई भाइकाृ घटना स्थलमै ज्यान गयो भने शिवको श्रीमती सरस्वति गम्भिर घाइते बनिन् । एकै गाउँका धन बहादुर अछामी, सुन्दरी थापा र डम्बर हितानको पनि दुर्घटनामा ज्या गुम्यो ।
गम्भिर घाइते फर्सुराम थापाको उपचार गर्न तम्घास लैजाने क्रममा मृत्यु भयो । दुर्घटनाले गाउँनै शोकले डुबेको छ । झिस्मिसेनै थियो, पारी कल्यारबाट गुमानसिङ गुरुङ लगायतले गाडी दुर्घटना भएको देखेर गाउलेलाई खबर गरे । गाउँले केहिबेरमै घटना स्थल पुगे । तर, त्यहाँ पुग्दा ५ जनाको ज्यान गैसकेको स्थानीय प्रत्यक्षदर्शी प्रेम दर्लामीले जानकारी दिए ।
करणको आँसुले कसैको मन थामिएन
इस्मा गाउँपालिका ४ निस्ति घाटमा बुबा शिव दर्लामीको अन्त्यष्टिको लागि आएका १० बर्षीय करण दर्लामीको आँखाको आँसुले आफन्त र शुभचिन्तकको मन थामिएन् । देख्दा लाग्थ्यो रातिमा खोलाको चिसो सिरिटो सवै करणकै थाप्लोमा परेको छ ।
आफन्तहरु उनको कपाल फाल्दिदै थिए । केहिले कम्बलले चिसो छेक्थे । तर, न चिसो छेकिन्थ्यो, न उनको आँखाबाट आँसु । बिहान घरबाट आफुलाई बिदा गरेर हिडेका बुवा र अंकलको मृत्यु तथा आमा घाइते भएपछि करण बिक्षिप्त थिए । ‘बुबाले राम्रोसंग पढ्नु भनेर बिहान घरबाट हिड्नु भएको हो, पाँच मिनेट नहुँदै दुर्घटना भएकाले रहनु भएन,’आँखाबाट बरबर आँसु खसाल्दै उनले भने,‘अब मैले उहाँहरुलाई कहाँ खोज्ने ।’
तिहारमा माइत गर्न आएकी मालिका ५ की सुन्दरी थापा पनि घर फर्किन पाइनन् । उनीसंगै सोहि गाउँका डम्बर हितानको पहि दुर्घटनामा ज्यान गयो । मृतक सवैको सामुहिक दाहासंस्कार गरिएको छ । शिव र धन बहादुरलाई नेपाली सेनाले अन्तिम सलामी दियो ।
श्रद्धाञ्जली दिन घाटमा पुगेका पुर्व मन्त्री गोकर्ण बिष्टले एक बर्षमै एकै गाउँमा भएका दुई ठुला दुर्घटनाले ज्यादै दुखित बनाएको बताए ।
उनले घटना भएको केहिबेरमै गम्भिर घाइतेको उपचार गर्न गृह मन्त्रालयसंग हेलिकप्टर माग गरे पनि बचाउनँ नसकिएको बताए । उनले घाइतेको उपचार र मृतक परिवारको राहतका लागि स्थानीय तथा प्रदेश र संघिय सरकारसंग अनुरोध गरे ।
बिष्टले गुल्मी अस्पताल पुगेर घाइतेहरुको अवस्थाको बारेमा पनि चासो राखेका थिए । एउटै गाउँमा एक बर्ष नपुग्दै २२ जनाले दुर्घटनामा ज्यान गुमाएका छन । गत बर्ष मंसिर १७ गते इस्मा गाउँपालिका ४ बाट बाग्लुङ कुलपुजामा हिडेको जिप भिमगिठेमा दुर्घटना हुदा १६ जनाले ज्यान गुमाएका थिए ।
दुर्घटनामा घाइते सरस्वति दर्लामी र सहचालक २५ बर्षको कमल हितानको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैइरहेको छ । चालक २५ बर्षका बुद्ध बस्नेत सकुसल रहेका छन् । दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा इस्मा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।